आज पनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ। नेपा सुन चाँदी महासंघका अनुसार सोमबार ३ सय बढेको सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम गरिएको छ।
यसअघि आइतबार सुन प्रतितोला ९ सय रुपैयाँ बढेको थियो।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कामय भएको छ।
सोमबार चाँदीको मूल्यमा पनि सामान्य र्वद्धि भएको छ। चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भई एक हजार ३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment