नेप्सेमा हरियाली कायमै, लगातार दोस्रो दिन किर्तीमानी उचाईमा परिसूचक

डिसी नेपाल
३ जेठ २०७८ १५:४९
52
Shares

काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्सेले अल टाइम हाई रेकर्डको किर्तीमान कायम गरेको छ। सोमबार नेप्से २० दशमलव ७१ अंक बढेर २७ सय ५९ दशमलव २१ अंकमा बन्द भएको छ। यस दिन ठूला कम्पनीको कारोबारो मापक सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ४५ अंकले बढेको छ।

यो नेप्से इतिहासमै हालसम्मको उच्च विन्दु हो। यसअघि आइतबार नेप्से परिसूचक ५४ अंक बढेर सर्वाधिक उचाईको किर्तीमान कायम गरेको थियो।

यसअघि गत महिना नेप्सेले २७ सय ३५ अंकको अल टाइम हाई रेकर्ड बनाएको थियो। उच्च रेकर्डलाई तोड्दै नेप्सेले एक पछि आर्को नयाँ किर्तिमानी उचाई कायम गरेको हो।

यस्तै सोमबार कारोबार रकममा उछाल कायमै रह्यो। यस दिन २ सय १८ कम्पनीका १ करोड ९० लाख ५६ हजार २ सय ३६ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

कारोबार भएका तीन समूह बाहेक सबै समूहमा हरियाली छायो। रुरु जलविद्युत् कम्पनीको कारोबारमा आज पनि सकारात्मक सर्किट लागेको छ। नेपाल बंगलादेश बैंकको ऋणपत्रका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता १ दशमलव ९४ प्रतिशतका दरले गुमाएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.