प्रभु बैंकले साढे ८ प्रतिशत ब्याजदरमा ४ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै

डिसी नेपाल
४ जेठ २०७८ ९:३५
100
Shares

काठमाडौं। प्रभु बैंकले जेठ ११ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘प्रभु बैंक डिबेञ्चर २०८७’ ऋणपत्र निष्कासन गर्न लागेको हो।

प्रतिडिबेञ्चर १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न लागेको बैंकले जनाएको छ।

बैंकले निष्कासन गर्न लागेको ४ अर्बको डिबेञ्चरमध्ये १६ लाख कित्ता डिबेञ्चर अर्थात् १ अर्ब ६० करोड ऋणपुँजीमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २५ सय कित्ता बाँडफाँट गरी बाँकी १६ लाख ७७ हजार ५ सय कित्ता डिबेञ्चरले हुन आउने १ अर्ब ६७ करोड ७५ लाख ऋणपुँजी रकम सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने बताएको छ।

यस्तै २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल २ अर्ब ४० करोड ऋणपुँजी विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यत्तिगत तवरबाट बिक्री गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.