आज पनि बढ्यो सुन चाँदीको मूल्य

डिसी नेपाल
४ जेठ २०७८ ११:४१
64
Shares

काठमाडौं। साताको तेस्रो दिन मंगलबार पनि सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले वृद्धि भइ ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार र सोमबार पनि सुनको मूल्य बढेको थियो।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कामय भएको छ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले वृद्धि भइ एक हजार ३ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.