सुनको मूल्य बढ्दा, चाँदीको मूल्य घट्यो

डिसी नेपाल
६ जेठ २०७८ १२:४८
96
Shares

काठमाडौं। साताको पाँचौ दिन बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ४ सय रुपैयाँ बृद्धि भई ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ।

बुधबार सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै सोही परिमाणको तेजावी सुन ९३ हजार २ सय रुपैयाँ कायम छ।

बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य एक हजार ३ सय ६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.