नेष्डो समृद्ध लघुवित्तले ८ लाख कित्ता आइपीओ निश्काशन गर्ने

डिसी नेपाल
६ जेठ २०७८ १३:१६
96
Shares

काठमाडौं। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा ८ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। लघुवित्तले वित्तीय संस्थाका कर्मचारी, सामुहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो।

यसको लागि लघुवित्तले बुधबार ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्।

संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.