एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

डिसी नेपाल
७ जेठ २०७८ १८:४५
44
Shares

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि आफूले हस्तान्तरण गर्ने १५० थान भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्समध्ये पहिलो लट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

कोरोनाविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (करपोरेट रिस्पोन्सबिलिटि) अन्तर्गत एनसेलले १५० थान भन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्घता जनाएको छ।

 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरे।

कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा उक्त कन्सन्ट्रेटर्स वितरण गरिने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.