अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको तेस्रो एपिसोड बाहिरियो
काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको तेस्रो अडिसनको नतिजा बाहिरिएको छ । जसमा १० जना प्रतिस्पर्धीहरुमध्ये लुम्बिनीका निश्चल अर्याल, सुनसरीका निटराज खतिवडा, सुनसरीकै प्रविन खड्का, काठमाडौँका सुलव भट्राई, दार्जलिगंका अनिल राई, ललितपुरका महेश खनाल, झापाका मनिष आचार्य, दाङका प्रकाश पाण्डे उत्कृष्ट आठमा छानिएका छन्। निर्देशक राईका अनुसार प्रतियोगिताबाट हरेक साता २ जना प्रतिस्पर्धीलाई बिदा गर्दै निर्खार्दै लैजाने योजना रहेको छ । निर्देशक राईका अनुसार तेस्रो चरणको अडिसनमा ३२ मिनेट लामो प्रस्तुतीमा सुनसरीका निटराजले उत्कृष्ट प्रस्तुती दिएका छन् ।
जुलाईमा फाइनल हुने यस प्रतियोगिताका निर्णायकहरुमा बुद्धि तामाङ (हैट), अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ रहेका छन् । यसैबिच रिदम स्क्रिनले अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको भिडियो लाइक शेयर कमेन्ट गर्ने दर्शकहरुलाई समर्थकका रुपमा पुरस्कृत गर्ने जनाएको छ । निर्देशक राईका अनुसार सामाजिक सञ्जालमा रमाइलो जोक्सका भिडियो सेयर गर्ने सर्मथकहरुमध्ये २ जनालाई हरेक हप्ता नगद रु ५(५ हजारका दरले पुरस्कृत गरिएको छ । त्यस्तै बेस्ट पर्मपरलाई रु १० हजार र आर्कषक उपहार उपलब्ध गराइनेछ भने प्रथम, द्धित्तीय र तृतीय हुनेलाई क्रमश ३ लाख, २ लाख र १ लाख नगद उपलब्ध गराइने निर्देशक राईले जानकारी दिए । कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको निर्देशक राईले बताए ।







डिसी नेपाल








Facebook Comment