भ्वाइसकी गीता र अमेरिकाका बालकृष्णको ‘चञ्चले मन’
काठमाडौं । अमेरिकामा रहेका गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘चञ्चले मन’ रिलिज भएको छ । गीतमा भ्वाइस अफ नेपाल रियालिटी सोबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्मा र अमेरिकामा रहेका गायक बालकृष्णको स्वर रहेको छ । गीतको भिडियोलाई काठमाडौं उपत्यका आसपासमा रहेका रमणीय स्थलहरुमा छायांकन गरिएको गायक न्यौपानेले डिसी नेपाललाई बताए । फिल्मी कथा शैलीमा प्रेम रोमान्सले भरिएको गीतको भिडियो निर्देशन सिर्जन बरालले गरेका छन । जहाँ सुन्दरी पुजनसँग पुष्करको गज्जबको लुकामारीलाई रोमान्टिक शैलीमा देखाइएको छ ।
प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतको भिडियो हेर्दा दर्शकहरुले आफ्नै प्रेम कहानी महशुस गर्ने गीतकार न्यौपाने बताउँछन् । विष्णु अधिकारीको एरेन्ज रहेको गीतको छायांकन दीपक गिरीले गरेका हुन् भने सम्पादन र कलरिगं अमृत चापागाईले गरेका हुन् । बिके कृयशनबाट बजारमा आएको गीतको भिडियोको निर्माण दूर्गा धिमाल न्यौपानेले गरेकी हुन् । गायक तथा गीतकार न्यौपानेका यसअघि ‘सोल्टिनी’ ‘बाहार बनी तिमी आयौ’मा (विभिन्न शीर्षकमा पुरस्कृत), ‘अब यी अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत) लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।







डिसी नेपाल








Facebook Comment