सुनको मूल्य बढ्यो
काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा ३ सय रुपैयाँले बढेको छ। आइतबार सुनको मूल्य ३ सय रुपैयाँ बढेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गत शुक्रबार सनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ थियो।यस्तै आइतबार तेजाबी सुनको मूल्य पनि प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम छ।
आइतबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment