आइएमई लाइफले बोलायो साधारण सभा, आइपीओ निष्कासन प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा

डिसी नेपाल
१० जेठ २०७८ १२:१६
44
Shares

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने सम्बन्धी विशेष प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको जेठ ७ गते बसेको बैठकले जेठ ३१ गते कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौरमा विहान १० बजे तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।

भच्र्युअल माध्यमबाट वोलाएको साधारण सभाले कम्पनीको धितोपत्र दर्ता गरी आईपीओ निष्काशन सम्बन्धमा विशेष प्रस्ताव परित गर्ने मुख्य एजेण्डा बनाएको छ।

कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ। कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.