अर्थव्यवस्था फेरि अनिश्चिततातर्फ धकेलियो : गर्भनर अधिकारी

डिसी नेपाल
११ जेठ २०७८ १३:१८
88
Shares

काठमाडौं। गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीको दोस्रो लहरले अर्थतन्त्र अनिश्चितता बढेको बताएका छन। एसियन क्लियरिङ युनियन सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले महामारीको दोस्रो लहरले पुर्नउत्थान तिर बामे सरेको अर्थतन्त्रमा थप चुनौती थपिएको बताएका हुन।

‘अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र बिस्तारै पुनरुत्थानतर्फ उन्मुख हुँदै गरेको थियो। यस्तो अवस्थामा दोस्रो लहर आएकाले देशको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चितातर्फ धकेलिन खतरा बढेको छ,’ उनले भने।

अर्थतन्त्रको पुनरुत्थानको लागि थप प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्दै जाने योजनालाई नेपाल राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको उनले बताए। उनले बैंकको तरलताको सहजीकरण, ब्याजदर कटौती, अतिरिक्त चालु पूँजी कर्जाको सुविधा, कर्जाको पुनर्तालिकीकरण, कर्जाको साँवा÷ब्याज भुक्तानीको समयसीमा बढाउने जस्ता नीतिगत सहुलियत उपलब्ध गराइएको बताए।

कोभिड–१९ बाट प्रभावित उद्योग, व्यवसाय, साना तथा मझौला उद्यमको उत्थानको निम्ति कर्जामा सहुलियत दिनेगरी पुनरकर्जा सुविधालाई परिमार्जन गरिएको र पुनरकर्जा कोषको सीमा बढाएर पाँच गुणासम्म पुनरकर्जा सुविधा उपलब्ध गराउन सक्नेगरी आवश्यक व्यवस्था मिलाइएको छ।

एसियन क्लियरिङ युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी नौ मुलुकका केन्द्रीय बैङ्कहरू आबद्ध छन्। अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यका साथ सन १९७४ डिसेम्बरमा युनियनको स्थापना भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.