केही दिनको उछाल पछि सेयर बजारमा सामान्य गिरावट

डिसी नेपाल
११ जेठ २०७८ १५:४४
20
Shares

काठमाडौं। साताको तेस्रो कारोबारोको दिन मंगलबार सेयर बजार परिसूचक नेप्से  घटेको छ। मंगलबार नेप्से ६ दशमलव ५० अंकले घटेर २८ सय १६ दशमलव ५६ अंकमा बन्द भएको छ।

यसअघि लगातार नयाँ नयाँ रेर्कड कायम गर्दै आएको नेप्से मंगलबार भने सामान्य अंकले करेक्सन भएको हो। साताको पहिलो दिन र दोस्रो दिन लगातार नेप्से परिसूचकले सर्वाधिक उचाइ कायम गरेको थियो भने कारोबार रकममा पनि एक पछि अर्को नयाँ रेकर्ड कायम भएको थियो।

मंगलबार नेप्से घटे पनि कारोबारो रकममा भने उत्साहा जारी छ। यस दिन कुल २ सय १९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब १३ करोड ३३ लाख भन्दा बढीको कारोबार भयो।

यस दिन ४ ओटा कम्पनीको मूल्य करीब १० प्रतिशतले बढेको छ भने अरुण काबेली पावर लिमिटेडको सेयर सबैभन्दा धेरै खरिद बिक्री भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.