निषेधाज्ञा कडा भएपछि सुनसान काठमाडाैं (फाेटाेफिचर)

फुर्पा शेर्पा
१४ जेठ २०७८ ११:५८

काठमाडौ। काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा थप कडा बनाएपछि राजधानीका सडक र चाेक सुनसान देखिएका छन्।

केही दिनदेखि परेकाे वर्षा र निषेधाज्ञा कडा बनाएपछि शुक्रबार राजधानीका सडक सुनसान देखिएका हुन्।

निषेधाज्ञा कडा बनाउन उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने छ। ।

आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *