नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो अस्पताल र आइसोलेसन निर्माण गर्न सहयोग
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अस्पताल र आइसोलेसन निमार्ण गर्न ४९ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकमा फैलिरहेको कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेश अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई आर्थिक सहयोग गरेको हो।
सातै प्रदेशका प्रति अस्पताल र आइसोलेसन केन्द्रलाई ७ लाखका दरले कुल ४९ लाख रुपैंया सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकले दिएको जानकारी अनुसार प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, वागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ।







डिसी नेपाल







Facebook Comment