चलचित्र उद्योगलाई इजाजत र नवीकरण दस्तुर छुट
काठमाडौं। सरकारले आर्थिक वर्ष २०७८र७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने बताएका हुन।
चलचित्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लरले पनि इजाजत दस्तुर तिर्नुपर्ने छैन। उक्त उद्योगहरू स्वतस् नवीकरण हुनेछन्।
कोभिड(१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न भन्दै चलचित्र र होटल उद्योगलाई विद्युत खपतमा समेत डिमान्ड शुल्क छुट दिन लागेको उनले बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment