पानीजहाजका लागि बजेट विनियोजन

डिसी नेपाल
१५ जेठ २०७८ १८:१४
120
Shares

काठमाडौं। सरकारले देशका ठूला नदी प्रणालीमा जल यातायात सञ्चालन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पहुँच अभिवृद्धि गरिने बताएको छ। आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री विष्णु पौडेलले जलमार्गका लागि आवश्यक बजेट छुट्याईएको बताएका छन।

उनले नारायणी नदीमा त्रिवेणी, नारायणघाट, देवघाट, दाशढुङ्गा खण्डलाई मदन आश्रित जलमार्ग नामाकरण गरिने बताए।

यस्तै आगामी आर्थिक वर्षदेखी कोशी, कर्णाली र नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनल लगाएतका पूर्वाधार निमार्ण गर्न आबश्यक बजेट विनियोजन गरिएको मन्त्री पौडेलले बताए। उनले कोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायत सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.