शंका नगर्नुहोस्, बजेट कार्यान्वयन हुन्छः अर्थमन्त्री पौडेल

डिसी नेपाल
१६ जेठ २०७८ १७:००
80
Shares

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन्। आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट सुनाउनका लागि मात्र नल्याइएको भन्दै बजेट कार्यान्वयन हुनेमा विश्वास गर्न आग्रह गरे।

उनले देश अहिले कोरोना महामारीको चपेटामा फसेको भन्दै बजेट यस्तो बेला कोरोना नियन्त्रणमै केन्द्रित हुनुपर्ने आवश्यकता रहेकाले बजेट त्यसमै केन्द्रित रहेको बताए। उनले बजेट कार्यान्वयनका लागि स्पष्ट नीति, कार्यक्रम र रणनीतिका साथ बजेट तयार पारिएको भन्दै बजेटका लक्ष्यहरु पूरा गर्न कुनै समस्या नहुने विश्वास व्यक्त गरे। उनले यो बजेटको अर्को मुख्य लक्ष्य देशको अर्थतन्त्रलाई लयमा ल्याउनु रहेको भन्दै यो बजेटले देशको अर्थतन्त्रलाई लयमा ल्याउने विश्वास व्यक्त गरे।

अर्थमन्त्री पौडेलले कात्तिक अन्मित र मंसिर पहिलो हप्ताका लागि घोषणा गरिएको चुनावका लागि बजेटमा यथेष्ट रकम विनियोजन गरिएको भन्दै सरकारले सम्पूर्ण सामर्थ्य लगाएर चुनाव गराउने दावीसमेत गरे।

सरकारले अध्यादेशमार्फत शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ। यो बजेटबारे नकरात्मकभन्दा सकरात्मक टिप्पणीहरु धेरै भइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.