टानद्वारा कर छुट मिनाहाको माग
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले एक वर्षका लागि विभिन्न ट्रेकिङ शिर्षकमा लिइने कर, संघीय, प्रादेशिक तथा स्थानीय सरकारबाट लिइने करमा छुट गरिदिन सरकारसँग माग गरेको छ ।
टानका अध्यक्ष सुशीलराज पौडेलका अनुसार कोभिडका कारण व्यवसायीको अर्बौको लगानी डुबेकोले सो माग गरिएको हो । ‘अतिरिक्त शुल्क तथा जरिवाना शतप्रतिशत मिनाहा गरिनुपर्छ,’ उनले भने, ट्रेकिङ क्षेत्रमा रहेका कम्पनीहरूको समयावधि आगामी २०७९ असार मसान्तसम्म हुनुपर्छ । पर्यटन व्यवसायमा लाग्ने सम्पूर्ण करहरू तीन वर्षसम्मका लागि छुट हुनुपर्छ ।’
साथै, संघले पदयात्रा क्षेत्रमा लागेका मजदुर तथा प्रत्यक्ष पर्यटकसँग सम्बन्धित व्यक्तिलाई कोभिडविरुद्धको खोप लगाउन माग गरेको छ । ट्रेकिङ एजेन्सीले ग्रामिण क्षेत्रमा पुग्नुपर्ने भएकाले पर्यटनकर्मीको जीवन रक्षा गरिदिन भन्दै खोपको माग गरिएको हो ।







डिसी नेपाल








Facebook Comment