चिनियाँ खोप लिन नेपाल वायुसेवा निगमको जहाज जाँदै
काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाज सोमबार चीन सरकारले उपलब्ध गराउने खोप लिन जाने भएको छ।
राति ११ बजे चीनतर्फ उडान भर्ने नागरिक उड्डय प्राधिकरणकका प्रवक्ता राजकुमा क्षेत्रीले डिसी नेपाललाई बताए । आज गएर भोलि २ बजे नेपाल आइपुग्ने उनले जानकारी दिए।
गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए।
चिनियाँ राष्ट्रपतिको सो घोषणा लगत्तै ८ लाख डोज खोप नेपाल आउन लागेको हो। मंगलबार रातिसम्म चिनियाँ खोप नेपाल आइपुग्ने छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment