कोरोना संक्रमितको संख्या घटेको हो कि परीक्षणको दायरा घटाइएको हो?

सम्भव सिंह ठकुरी
१९ जेठ २०७८ १४:४०

काठमाडौं। केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यो साताको संक्रमणदर निकै घटेको देखिएको छ। संक्रमणको संख्या घट्नु सुखद सन्देश हो। तर संक्रमित संख्या घट्नुमा कोभिड परीक्षणको दायरा पनि घटाइएको प्रष्ट देखिन्छ।

जेठ १२ मा कुल २० हजार ४ सय ४५ को नमुना परीक्षण गर्दा ६ हजार ७ सय ४१ संक्रमित पुष्टि भएको थियो। जेठ १३ मा कुल २० हजार ९ सय ९२ जनाको नमुना परीक्षण गर्दा ६ हजार ९ सय ४९ संक्रमित भएका थिए।

जेठ १४ मा कुल गते २० हजार १ सय १० जनाको नमुना परीक्षण गर्दा ६ हजार ९ सय ५१ संक्रमित पुष्टि भएको थियो। जेठ,१५ मा परीक्षणको दयरा साबिकको दिन भन्दा घटेको छ। उक्त दिन १४ हजार ७ सय ७२ जनाको नमुना परीक्षण गर्दा ४ हजार ४ सय ८७ संक्रमित पुष्टि भएको छ।

जेठ १६ मा १२ हजार ७ सय ७० जनाको नमुना परीक्षण गर्दा ४ हजार ३ सय ६९ संक्रमण पुष्टि भयो। त्यसैगरी जेठ १७ मा १७ हजार ४ सय ८० जनाको नमुना परीक्षण गर्दा ४ हजार १ सय ७८ संक्रममित पुष्टि भएको थियो।

त्यसैगरी जेठ १८ गते १७ हजार १ सय ४७ जनाको नमुना परीक्षण गर्दा ५ हजार २ सय ८५ संक्रमित संख्या थपिएका थिए। यसरी यो साता नेपालमा कोरोना भाइरस संक्रमणको दर घट्न थालेपछि संक्रमण हट्दै गएको भन्ने निष्कर्षमा पुगिहाल्न यही आँकडा प्रयाप्त हो त?

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनका अनुसार अहिले परीक्षणको दायरा घटाएकाले संक्रमितको संख्या पनि घटेको भन्ने बुझाइ पेचिलो बनेको छ।

‘तर मलाई लाग्छ सरकारले पनि निश्चित संख्याको मात्र परीक्षण गर्ने भनेको छैन। परीक्षण गराउने,नगराउने स्वइच्छा नागरिकलाई छुट छ। त्यसकारण अहिले मानिसहरुनै परीक्षण गर्न नआएकोले संख्या कम देखिएको हो,’ उनले भने।

उनका अनुसार मानिसहरु कोरोना परीक्षण गर्न नआउनु भनेको सायद अब मानिसहरुमा कम लक्षण देखा परेको हुनुपर्छ। उनले अगाडि भने, ‘निषेधाज्ञा भएको पनि एक महिना भन्दा धेरै भइसक्यो त्यसकारण सुरुवाती चरणमा जति संक्रमित थपिन्थे त्यो स्वभाविकरुपमा कम हुने नै भयो।’

निषेधाज्ञाका कारण एक संक्रमितबाट अर्को व्यक्तिमा सर्ने सम्भावना पनि कम हुन्छ,।त्यसकारण अहिले परीक्षणको दायरा कम भएर भन्दा पनि कोरोना लक्षण कम मान्छेमा देखिएर यो अवस्था आएको हुनसक्ने डा.पुनको अनुमान छ।

‘अहिले कारोना संक्रमणको संख्या स्थिर छ। यो हुनु भनेको सुखद संकेत हो। यद्यपि हामी सबैले कोभिड बिरुद्धको खोप हानिसकेको अवस्था छैन। त्यसकारण निषेधाज्ञाको पालना र पूर्ण स्वास्थ्य मापदण्डको पालना गर्नुको अर्को विकल्प हामीसँग छैन,’ उनले भने।

निषेधाज्ञा खकुलो पार्ने कुरा पनि छ अहिलेको यो अवस्थामा खकुलो बनाएपछि फेरि अर्को चुनौती थपिने सम्भावना कस्तो छ ? भन्ने प्रश्नमा उनले भने, ‘नागरिकले आफ्नो दैनिकी गुजाारा चलाउन पनि अब केही सहज र खकुलो त बनाउनै पर्छ । तर खकुलो हुँदै गर्दा चुनौती नहुने भन्ने त हुँदैन। तर पनि धेरै संक्रमित निको हुन थालेको छ। निको भएको संक्रमितहरुलाई तुरुन्तै फेरि भाइरसले आक्रमण गर्ने सम्भावना कम हुन्छ।’

त्यसकारण पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर अबको दिनमा केही सहज दैनिकी बनाउन सकिने डा.पुनको तर्क छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *