अमेरिकामा नेपालीकाे अर्काे इतिहास, टीकाले जिते युलेसमा

डिसी नेपाल
२३ जेठ २०७८ ९:२१

वासिंगटन डिसी। अमेरिकाको टेक्सास राज्यको युलेस सिटी काउन्सिलमा नेपाली मुलका उम्मेद्वार टीका पौडल विजयी भएका छन्। उनका प्रतिष्पर्धी एरिक बन्सलाई हराउँदै टेक्सासको स्थानीय निकायको निर्वाचनमा नेपाली मूलका पौडेलले पहिलो विजय हासिल गरेर इतिहास बनाएका छन्।

जुन ४ र ५ तारिक दुई दिन भएको मतदानपछि शनिवार सांझ भएको मत गणनामा पौडेल विजयी भएका हुन्। यसअघि मे १ तारिकमा भएको सोही निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत कटाउन नसक्दा पुननिर्वाचनको घोषणा भएको थियो।

पुननिर्वाचनलाई पौडेलले आफ्नो पक्षमा पार्न सफल भएका थिए। उनको निर्वाचन प्रचार अभियानका एक प्रमुख व्यक्तित्व प्रभात दीक्षितले डिसी नेपाललाई दिएको जानकारीअनुसार, सो शहरमा करिब ६ सयको हाराहारीमा नेपाली मतदाता छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *