नेपाल समूहका गणेश पहाडी सामान्य प्रशासन मन्त्री

डिसी नेपाल
२७ जेठ २०७८ १४:२१
792
Shares

काठमाडौं। नेकपा एमाले नेता माधवकुमार नेपाल समूहका गणेश पहाडी मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री ओलीले वैशाख २७ मा संसदमा विश्वासको मत लिँदा अनुपस्थित भएका पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।

योगेश भट्टराईनिकट पहाडी सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। पहाडीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको दाबीमा हस्ताक्षर गरेका थिएनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *