सरकारको प्रवक्तामा सञ्चारमन्त्री नैनकला थापा

डिसी नेपाल
२७ जेठ २०७८ २१:४०

काठमाडौं। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा सरकारको प्रवक्ता भएकी छन्। मन्त्रिपरिषद विस्तारपछि विहीबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई प्रवक्ता तोक्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए। विहीबार नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएकी थिइन्। त्यसपछि मन्त्रिपरिषदको बैठक बालुवाटारमा बसेको थियो। प्रवक्ताकोसमेत जिम्मेवारी पाएकी थापा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *