व्यस्त नयाँ बानेश्वरमा पैदल यात्रीका लागि आकाशे पुल (फोटोफिचर)
काठमाडौं। कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै डेढ महिनादेखि राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानका निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञाका कारण सवारी साधनका साथै मानिसहरुको चलल पहलमा कमी आएको छ। यही मौकाको उपयोेग गर्दै कतिपय स्थानमा विकास निर्माणका काम धमाधम भइरहेको छ।

काठमाडौको सबैभन्दा व्यस्त मानिने नयाँ बानेश्वरमा निषेधाज्ञाको समयमा आकाशे पुलको निर्माण कार्य धमाधम भइरहेको छ। सडक विभागले आज त्यहाँ फलामबाट निर्माण भएको ब्रिज बनाउन लागेको हो। पैदाययात्रीलाई नयाँ बानेश्वरमा बाटो काट्न धेरै समस्या हुने गरेको थियो। यो पुल निर्माणसँगै बाटो काट्ने समस्याको समाधान हुनेछ।






No ads found for this position
प्रतिक्रिया


Facebook Comment