सिफल चौरमा जमेको पानीमा पशुपतिनाथका बाँदरको मस्ती (फोटोफिचर)
काठमाडौं। मुलुकभर मनसुन सक्रिय भएका छ। यतिबेला मुलुकका अधिकांश भागमा वर्षा भइरहेको छ। वर्षा भएसँगै किसान हर्षित भएका छन्।

समयमै मनसुन सक्रिय हुँदा समयमै रोपाइँ गर्न पाइने र उब्जनी बढ्ने अनुमान गरिएको छ। तर वर्षा सुरु भएसँगै बाढी पहिरोको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउ मौशन पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ।

राजधानी काठमाडौंमा पनि विगत केही दिनदेखि पानी परिरहेको छ। निरन्तरको वर्षाको कतिपय ठाउँमा पानी जमेको छ।

राजधानीको सिफलस्थित चौरमा जमेको पानीमा पशुपतिनाथका बाँदरले रमाइलो गरेका छन्। बाँदरले सिफल चौरमा पौडी खेलेको दृष्य डिसी नेपाल सहकर्मी फुर्पा शेर्पाल आफ्नो क्यामरामा कैद गरेकी छन्।











No ads found for this position
प्रतिक्रिया


Facebook Comment