गर्भवतीलाई बारबर्दियाको उपहार, दूध सङ्कलन केन्द्रमा अनुदान

डिसी नेपाल
३१ जेठ २०७८ २३:२९

बर्दिया । सुनौला हजार दिनका आमा तथा गर्भवतीलाई बारबर्दिया नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत उपहार वितरण गरेको छ । नगरपालिका नगरप्रमुख दुर्गाबहादुर थारुले पालिकाका विभिन्न सय जना गर्भवतीलाई उपहार वितरण गरिएको बताए । पालिकाले उपहारस्वरुप प्रत्येक सुत्केरीलाई किटनासक झुल, घ्यु, सेनिटाइजर, मास्कलगायतको उपहार सामग्री दिएको हो ।

नगरका उपप्रमुख अञ्जु दहितले उनीहरुलाई पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्रीसहितको उपहार प्रदान गर्न शुरु गरेको छ । कोरोना महामारी संक्रमण फैलिने क्रममा रहिरहेका बेला गर्भवतीलाई नगरपालिकाले पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्री दिइएको बताए । यो कार्यक्रम वडा नं. १, २, ४ र ५ मा लागु भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले पोसिलो खाना खाएमा बच्चाको दिमाग र शरीरको वृद्धि विकास हुने बताए ।

यसैगरी, सो नगरपालिकाले दुध संकलन केन्द्रमा दुई लाख बराबरको अनुदानको सामग्री वितरण वितरण गरेको छ । केन्द्रमा स्टपलाईजर, दराज, टेवल, कुर्सीहरु हस्तान्तरण गरिएको हो । नगरप्रमुख थारुले दुध उत्पादन किसानहरुले गर्ने त्यसको व्यवस्थापन र बजारीकरणका लागि आर्थिक रुपमा थप सहयोग नगरपालिकाले गर्ने बताए ।

यसैगरी नगरपालिकामा शहिद विष्णु धनीको २३ औ स्मृति दिवसका अवसरमा वृक्षरोपण कार्यक्रम भएको छ । सो अवसरमा शहिद विष्णु प्रोख्ररेलको श्रीमती लक्ष्मी पोख्ररेल र धनीराम थारुको श्रीमती वुंदनी थारुको दुवैजनाले संयुक्त रुपमा रिवन काटेर २३ औ स्मृति दिवसको अवसरमा आइसिटी ल्याब उद्घाटन गरेका थिए । सो वहुप्राविधिक शिक्षालयमा विष्णु र धनिको फोटोहरु समेत छ उनको विषयमा समेत पुस्तकहरु लेखिएको विषयलाई समेत विद्यार्थीरुले अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *