बौद्धनाथ क्षेत्रमा नयाँ ढुङ्गा बिछ्याइँदै (फाेटाेफिचर)
काठमाडौं। पर्यटकीय तथा धार्मिक महत्वको स्थल बौद्धनाथ क्षेत्रमा नयाँ ढुङ्गा बिछ्याइँदै छ। कोरोनाको दोस्रो लहर फैलिएपछि जारी भएकाे निषेधाज्ञामा बौद्धनाथमा मानिसहरुको चहलपहल कम हुने भएकोले एक हप्तादेखि पुरानो ढुङ्गा हटाई नयाँ ढुङगा राख्न थालिएकाे हाे।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपा क्षेत्रमा हाल रफ्तारका साथ नयाँ ढुङगा बिछ्याउने काम भइरहेकाे छ।

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बसन्त लामाका अनुसार बौद्धनाथमा निषेधाज्ञामा जेठ १८ देखि बौद्धनाथ क्षेत्र भित्र पुरानो ढुङगा हटाई नयाँ ढुङगा राख्ने कार्य गर्न थालिएको हो।
यो काम बौद्धनाथ क्षेत्र विकासकोषको पहलमा भइरहेको छ।

निषेधाज्ञाका कारण हाल बौद्धनाथ क्षेत्र भित्र मानिसहरुलाई आवागमन बन्द गरिएको छ।






No ads found for this position
प्रतिक्रिया


Facebook Comment