एमएम कप फाउन्डेसनद्वारा ईनरुवामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

डिसी नेपाल
४ असार २०७८ १३:२३
80
Shares

ईनरुवा । एमएम कप फाउन्डेसनले सुनसरीको ईनरुवामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ। कोरोना महामारीका बेला अफ्ठेरोमा परेकालाई सहयोग गरेको फाउण्डेसनका अध्यक्ष बिप्लव घोषले जानकारी दिए। अध्यक्ष घोषको अग्रसरतामा समस्यामा रहेका परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो। एमएम कप फाउन्डेसनले बिभिन्न समयमा समाजिक क्रियाकलाप गर्दै आईरहेको छ।

खासगरी नेपाली खेलकुद त्यसमा पनि क्रिकेट विकासको लागि लागिपरेको यो संस्थाले एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ। यसअघि पनि यो संस्थाले कोरोनाको समयमा सुनसरी जिल्ला बिभिन्न सोसाईटी तथा संघ संस्थाहरुलाई सहयोग गरेको थियो। संस्थाका अध्यक्ष बिप्लव घोषले अहिलेको बिषम परिस्थितीमा कोरोना बिरुद्व सबै एकजुट भएर लडनुपर्ने र देशलाई अप्ठयारो परेको बेलमा एमएम कप फाउन्डेसन सहयोग गर्न सदैव तयार रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *