सात हप्तापछि लकडाउन खुकुलो गराउँदा काठमाडौंमा चहलपहल (फोटोफिचर)

फुर्पा शेर्पा
८ असार २०७८ ७:०१
296
Shares

काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौंमा चहलपहल बढ्न थालेको छ। कोरोना महामारीको दोश्रो स्वरुपले नेपालमा ताण्डव मच्चाएपछि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। करिव ७ हप्तासम्म गरिएको निषेधाज्ञा आजबाट केही खुकुलो गरिएको छ।

निषेधाज्ञा खुकुलो गरेपछि गाडी लिएर सडकमा जानेहरुको चाप बढेको छ। यस्तै, आफ्नो व्यवसाय खोल्न बार कुर्दै व्यवसायीहरु बसिरहेका छन्। वार परेकाहरु व्यवसाय खोलेर बसेका छन्। लामो समय बन्द रहेको सटरहरु खोल्दा बजारमा मुस्कान छाएको छ।

कोरोनाको महामारी नियन्त्रणमा रहेकाले निषेधाज्ञा अलि खुकुलो पारिएको हो। तर, अझै पनि कोरोनाको डर कायम रहेका कारण स्वास्थ्यका मापदण्डहरुलाई पालना गर्न गराउन सरकारले सबैसँग अनुरोध गरिरहेकै अवस्था छ। लामो समयको बन्दले थिलोथिलो भएको अर्थतन्त्र अलिकति भए पनि जुरमुराउने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *