बहराइनको अस्पतालले ९४ लाख उपचार खर्च मिनाह गरेपछि नेपाल फर्काइए कोमामा रहेका नेपाली

डिसी नेपाल
१० असार २०७८ १९:२१
8.9k
Shares

काठमाडौं। बहराइनको एक् अस्पतालमा विगत एक वर्षदेखि उपचाररत एकजना नेपालीलाई स्वदेश फर्काइएको छ। अस्पतालको उपचार खर्च तिर्न नसकेपछि एकवर्षदेखि अस्पतालमा रहेका नेपालीलाई स्वदेश फर्काइएको बहराइनस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।

कोमामा रहेका नेपालीलाई बिहीबार हिमालय एयरलाइन्सको विमानमार्फत नेपाल ल्याइएको हो। दूतावासका अनुसार बहराइनस्थित किंग हमद युनिभर्सिटी अस्पतालले २८ हजार ९७४ बहराइनी दिनार (करिब ९४ लाख नेपाली रुपैयाँ) बराबरको उपचार खर्च मिनाह गरेपछि ती कोमामा रहेका व्यक्ति नेपाल ल्याइएका हुन्। दूतावासले कोमामा रहेका व्यक्तिको परिचय भने खुलाएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *