नेपालगञ्जको बजेट रु डेढ अर्बः चक्रपथ निर्माणलाई प्राथमिकता

डिसी नेपाल
१० असार २०७८ २२:३१

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आज नवौँ नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नेपालगञ्जमा चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ । नगरसभामा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

उपमहानगरपालिकाको कूल बजेटबाट नगरका २३ वडाका लागि रु २८ करोड विनियोजन गरिएको छ । नगरसभामा नगर प्रमुख डा धवलशम्शेर राणाले सम्पूर्ण वडा कार्यालयको भवन र वडा नम्बर ६ मा क्रिक्रेट रंगशाला निर्माण पनि नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको जनाए ।

उक्त नीति तथा कार्यक्रममा नगरमा कालोपत्रे सडक र नाला निर्माणलाई निरन्तरता दिइएको छ । यसैगरी नेपालगञ्ज सुर्खेतरोडको दायँबायाँ नाला नभएका स्थानमा व्यवस्थित पक्की नाला बनाउन आवश्यक पहल गरिने डा राणाले बताए ।

यसैबीच बाँकेको डुडुवा गाउँपालिकामा आव २०७८।०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको आज बसेको नवौँ गाउँसभाले दुई विधेयक, ७० बुंदे नीति तथा कार्यक्रम र रु ६८ करोड ६३ लाख ११ हजार को बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोभिड– १९ लाई समेत लक्ष्य गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत्, वन तथा वातावरण, विकासनिर्माणलगायत ३६ बँुंदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *