युनियन लाइफले आईपीओ निष्काशन अनुमति पायो
काठमाडौं। युनियन लाइफ इन्स्योरेन्सलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।
बोर्डले कम्पनीको हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले आईपीओ निष्काशनको अनुमाति माग्दै जेठ ९ गते बोर्डमा आवेदन दिएको थियो।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment