एनआरएनए जापानद्वारा हेलम्बुका बाढीपीडितलाई आर्थिक सहयोग

डिसी नेपाल
१४ असार २०७८ १८:०८

कठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान तोचिगि क्षेत्रीय समितिले हेलम्बुका बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । समितिले हेलम्बु गाउँपालिकालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको हो ।

समितिका संयोजक मन्दीप क्षेत्रीका अनुसार हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा सुजन दुलाल र बिमलबहादुर बिसीले सो रकम जम्मा गरेका हुन् । यही असार १ को बाढीले प्रभावित भएका हेलम्बु बासीलाई यस सहयोगले केहि राहत हुने समितिको विश्वास रहेको छ ।

समितिले प्रकोपबाट मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै र घाइते भएकाको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ । असार १ को इन्द्रावती तथा मेलम्ची खोलाको बाढीले ५ जनाको मृत्यु भएको छ भने चार सयभन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *