विश्व हिन्दु महासंघकी महासिच भण्डारीको चरित्र हत्या गर्न खोजेको भन्दै महासंघको आपत्ति
काठमाडौं। विश्व हिन्दु महासंघले महासंघकी महासिचब अस्मीता भण्डारीको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएको छ। महासंघका सचिब अमरकेशर सिंहले बुधबार एक विज्ञप्ति जारी गर्दै भण्डारीको कुनै संलग्नता नरहेको महासंघको जग्गा विक्रीको विषयमा उनलाई जोडेर बदनाम गराउन खोजिएको बताएका छन्।
महासंघको जग्गा विक्रीमा महासचिब भण्डारीको कुनै संलग्नता नरहेको र महासंघ अध्यक्ष प्रणालीअनुसार चल्ने विज्ञप्तिमा उल्लेख छ। महासचिब भण्डारीमाथिको आरोप विश्व हिन्दु महासंघमाथिकै प्रहार भएको विज्ञप्तिमा उल्लेख छ। साथै महासचिब भण्डारीको चरित्र हत्या गर्ने प्रयासमा समाचार प्रकाशित गर्ने सञ्चार माध्यममाथि कारबाही गर्न प्रेस काउन्सिलसँग अनुरोध पनि महासंघले गरेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment