आगामी २४ घण्टामा बाढी पहिराेकाे जाेखिम, सतर्क रहन आग्रह

डिसी नेपाल
१७ असार २०७८ ६:५१
480
Shares

काठमाडौं । आगामी २४ घण्टामा बाढी तथा पहिरोको जोखिम भएकाले सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गर्ने नियमित बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू–भागमा भू­–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’

यस्तै महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। हाल देशको तराई भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षा भईरहेको र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *