जबर्जस्ती करणीका आरोपमा पक्राउ
तानसेन । पाल्पामा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । माथागढी गाउँपालिकाकी वृद्धालाई जबर्जस्ती करणीका आरोपमा रोल्पाका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको हो ।
रोल्पा, लुङ्ग्री –७ घर भई हाल माथागढीमा कुलो निर्माणमा काम गर्दै आएका १९ वर्षीय शङ्कर विकले मादकपदार्थ सेवन गरी घरमा कोही नभएका बेला महिलालाई करणी गरेको उजूरीका आधारमा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment