बी एण्ड सीलाई सम्बन्धन दिने, सरकार आफैले चलाउने वा बन्द गर्ने छिटो निर्णय चाहियो : प्रसाईँ
काठमाडौं। बी एण्ड सी शिक्षण अस्पतालका मालिक दुर्गा प्रसाईँले कि सम्बन्धन दिनुपर्ने वा सरकार आफैले सञ्चालन गर्नुपर्ने बताएका छन्। शनिबार पत्रकार सम्मेलन गरी उनले कि सम्बन्धन दिन, वा सरकार आफैले चलाउन वा बन्द गर्न सरकारले छिटो निर्णय गर्नुपर्ने माग गरेका हुन्। उनले प्रधानमन्त्री केपी ओली समक्ष आफूले माग गरेको जनाएका छन्।
झापामा रहेको बी एण्ड सीले मापदण्ड पूरा नगरेको भन्दै चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिन मानेको छैन। तर, प्रसाईँले भने आयोगका उपाध्यक्ष डा. कृष्ण गिरी आयोगको उपाध्यक्ष हुन नै अयोग्य व्यक्ति रहेको बताएका छन्। उनले पटक पटक आफूसँग गिरीले २० करोड रुपैयाँ घुस मागेकोसमेत बताएका छन्।
उनले आफूले गिसीको कर्तुतबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत गरेकाले रिसिवी साँधेर बी एण्ड सीलाई सम्बन्धन नदिइएकोसमेत बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment