थप २ हजार ६२२ जनामा कोरोना संक्रमण, २ हजार १११ जना निको
काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ६२२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १११ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ४९९ पीसीआर परीक्षण गर्दा १ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४हजार २८ परीक्षण गर्दा ८७७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा २३ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार साेमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ । नेपालमा २६ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment