महन्थ ठाकुर र उपेन्द्र यादव अलग हुन सहमत

डिसी नेपाल
२२ असार २०७८ १३:४५
344
Shares

काठमाडौं। पार्टी विवाद उत्कर्षमा पुगेको जनता समाजदाी पार्टी (जसपा) अन्तत विभाजित हुने पक्का भएको छ। अध्यक्ष महन्थ ठाकुर समूह र अर्का अध्यक्ष उपेन्द्र यादव समूह छुट्टिन सहमत भएका छन्।

मंगलबार निर्वाचन आयोगले दुवै समूहलाई आयोगमा बोलाएको थियो। आयोगसँगको छलफलमा उपेन्द्र यादव समूहले अहिले तत्काल मिलेर जाने अवस्था नरहेकाले अलग अलग जाने वातावरण मिलाउन आग्रह गरेका थिए।

उनीहरुले आयोगलाई मिलेर जान सक्ने अवस्था नरहेको भन्दै अलग अलगत जाने वातावरण बनाउन आग्रह गरेको महन्थ ठाकुर समूहका नेता केशव झाले जानकारी दिए।

‘उहाँहरुले सँगैजान सक्नेअवस्था रहेन, अब हामीलाई अलग अलग जाने वातावरण बनाइ दिनु भनेर आग्रह गर्नु भयो,’ झाले डिसी नेपालसँग भने, ‘हामीले सकेसम्म मिलेर जाउँ भनौं। उहाँहरु त्यसमा सममत नभएपछि अलग हुने कुरा भयो।’

आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको छ। अब निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्ने भएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ५ मा ‘विवादका पक्षहरू उपस्थित भई विवाद निरुपण गर्न सहमत भएमा आयोगले पक्षहरूबीच भएको सहमति बमोजिम विवाद निरुपण गर्ने’ उल्लेख छ।

आजको बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए। यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *