ट्रकको ठक्करबाट सडक मजदुरकाे ज्यान गयाे

डिसी नेपाल
२३ असार २०७८ ८:१३
64
Shares

काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु सडक खण्डमा ट्रकले ठक्कर दिँदा एक जना सडक मजदुरको ज्यान गएको छ।

दुल्लु नगरपालिक २ कुवाखोलामा सुर्खेतदेखि जुम्ला जाँदै गरेको भे १ २३९७ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा सडक मजदुरको मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिएको छ।

ज्यान जानेमा दुल्लु नगरपालिका–६ तोलीपानीका १७ वर्षीय यज्ञबहादुर घर्ती रहेका छन्। उनको मंगलबार बेलुकीपख मृत्यु भएको हो। सडकको कुनामा काम गरिरहेको र मिनी ट्रकले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *