पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध संयूक्त विद्यार्थी संगठनको विरोध प्रर्दशन
काठमाडौं। संयूक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध गर्दै प्रर्दशन गरेको छ। नेपाल विद्याथी संघ काठमाडौं जिल्लाको आयोजना र त्रिचन्द्र बहुमुखी क्याम्पसको संयोजकत्वमा संगठनले बिहिबार दिउसो त्रिचन्द्र क्याम्पस अगाडि सिठ्ठी जुलुस निकालेर विरोध प्रर्दशन गरेको हो।
कोभिडका कारण जनताको कमाउने बाटो बन्द भए पनि सरकारले भने निरन्तर मूल्यवृद्धि गरेर जनतालाई पिडामाथी पिडा थपेकोले विरोध प्रर्दशन गरिएको नेपाल विद्याथी संघका निर्वतमान केन्द्रिय सदस्य प्रेम बहादुर शाहीले जानकारी दिए।

प्रदर्शनमा शंकरदेव, पशुपति, आरआर, पब्लिक युथ, त्रिचन्द्र बहुमुखी क्याम्पस लगाएतका विद्यार्थी संगठनहरुको उपस्थिति रहेको थियो।

सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने, संविधान विरुद्धको प्रतिगमन अन्त्य गरिनु पर्ने, भ्रष्ट्रचारको अन्त्य, कुशासनको अन्त्य हुनुपर्ने माग गर्दै विरोध प्रर्दशन गरेका थिए।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर मूल्यवृद्धि गरिरहेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको दुई साता नबित्दै हिजो बुधबार मात्रै निगमले पेट्रोल, डिजेल र मटिटतेलमा प्रतिलिटर २ रुपैयाका दरले मूल्य बृद्धि गरेको थियो।
निगमका अनुसार अब प्रति लिटर पेट्रोल १ सय २९ तथा डिजेल र मट्टितेल समान १ सय १२ रुपैयाँ पुगेको छ। यसैगरि खाना पकाउने ग्यास प्रति सिलिण्डर १४ सय २५ रुपैयाँ पुगेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment