आगामी तीन दिन धेरै ठाउँमा भारी वर्षा हुने, सतर्क रहन आग्रह
काठमाडौं । आगामी तीन दिन देशका अधिकांश ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले नियमित बुलेटिन जारी गर्दै खहरे खोलामा समेत बाढीको सम्भावना रहेकाले सतर्क रहन समेत आग्रह गरेको छ।
‘देशभर सामान्यदेखि पुर्ण बदली रहेको छ। बाग्मती प्रदेशका केही स्थानहरुमा मध्यम/भारी वर्षा भैरहेको छ,’ जारी बुलेटिनमा भनिएको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको पनि महाशाले जानकारी गराएको छ।
महाशाखाले शुक्रबार दिन भरको पूर्वानुमान गर्दै भनेको छ, ‘प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।’ यस्तै, देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
२४ घण्टाका लागि चेतावनी तथा परामर्श भन्दै महाशाखाले भनेको छ, ‘देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यसैले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment