एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन

डिसी नेपाल
२७ असार २०७८ ८:४०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नीति प्रतिष्ठानको अध्यक्षमा संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घले चयन भएका छन् । यहि जुलाई ९ मा संघका अध्यक्ष कुमार पन्तले यसबारे जानकारी दिंदै संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेलाई सो जिम्मेवारीमा चयन गरेको बताएका हुन् ।

अध्यक्ष पन्तका अनुसार प्रतिष्ठानमा बाँकी सदस्यहरु अध्यक्ष घलेले नै मनोनयन गर्ने छन् । एनआरएनए नीति प्रतिष्ठान नेपालको सामाजिक–आर्थिक विकास र समृद्धिका लागि सरकारसँग मिलेर नीतिगत पहलकदमीका पक्षमा काम गर्ने एउटा गहन निकाय हो । यसमा एनआरएनए नीति प्रतिष्ठान कार्यान्वयनको एउटा पाटो थियो भने अर्को पक्ष एनआरएनए फाउण्डेशनको गठन थियो । फाउण्डेशन अमेरिका या सिंगापुरमा दर्ता गर्नुपर्ने सोच थियो ।

खासगरी पूर्व अध्यक्ष(२०१५)को एनआरएनए भिजन २०२० एण्ड बियोण्ड को सपना भनेको यूनाइटेड नेशन अफ एनआरएनएस थियो । यसमा कार्यान्वयन गर्ने एउटा निकाय एनआरएनए नीति प्रतिष्ठान थियो । यस्तो एनआरएनए नीति प्रतिष्ठान एनसीसीमा समेत जानुपर्ने कुरा थियो ।

अहिले सोचका स्वयं व्यक्ति पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घले नै एनआरएनए नीति प्रतिष्ठानको अध्यक्ष भएका छन् । उनलाई अध्यक्ष पन्तले बधाई ज्ञापन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *