बैठक नै नबसेर एमाले स्थायी कमिटी बैठक स्थगित, कार्यदल बैठक जारी

डिसी नेपाल
२७ असार २०७८ १९:४२
364
Shares

काठमाडौं। आइतबारका लागि बोलाइएको एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। विवाद समाधानका लागि गठन गरिएको १० सदस्यीय सँयुक्त कार्यदलको बैठककै बीच अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका थिए। अपराह्न ४ बजेका लागि बोलाइएको बैठक नबसेरै स्थगित गरिएको हो।

उता सिंहदरबारमा कार्यदलको बैठक जारी छ। बिहान साढे नौं बजे शुरु भएको बैठक यो समाचार तयार पार्दासम्म जारी छ। शनिबार सहमति जुटिसकेको र आइतबार हस्ताक्षर गर्ने भनिए पनि आइतबार यतिबेलासम्म कार्यदलमा सहमति जुट्न सकेको छैन।

यसैबीच कार्यदलको बैठक चलिरहेका बेला ओली पक्षीय कार्यदल सदस्य उपमहासचिब विष्णु पौडेल भने बैठकबाट बाहिरिएका छन्। उनी आफ्नो जरुरी काम रहेको भन्दै बठकबाट बाहिरिएका छन्। यसअघि दिउँसो माधव समूहका सदस्य उपमहासचिब घनश्याम भुसाल पनि बैठकबाट बाहिरिएर कोटेश्वर पुगेका थिए। उनले वरिष्ठ नेता माधवकुमार नेपालसँग बैठकबाटरे ब्रिफिङ गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *