अमेरिकी खोप नेपाल आइपुग्दा चीनलाई तनाव, थप खोप दिने चीनको घोषणा
काठमाडौं। अमेरिकाले नेपाललाई कोभिड १९ विरुद्धको खोप सबै देशको भन्दा हालसम्मकै बढी मात्रामा अनुदान सहयोग दिएपछि उत्तरी छिमेकी मुलुक चीनलाई तनाव भएको छ।
विश्व शक्तिका लागि प्रतिष्पर्धारत चीनले आफ्नै छिकेकी मुलुक नेपाललाई हालसम्म पहिलो चरणमा ८ लाख डोज मात्र खोप अनुदानमा रुपमा उपलब्ध गराएको छ भने दोस्रो चरणमा १० लाख डोज दिएको छ। यसबाहेकको अरु ४० लाख खोप नेपालले चीनबाट खरिद गर्ने भएको छ।
तर, सात समुद्रपारिको मुलुक अमेरिकाले नेपालका लागि १५ लाख ३४ हजार ८ सय ५० डोज खोप एकैपल्ट निशुल्क नेपाल पुर्याइदिएको छ। एक डोजमात्र लाए पुग्ने जोन्सन एण्ड जोन्सनको सो खोप नेपाल पुगेकै दिन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले एक पत्रकार सम्मेलन नै आयोजना गरी चीनले थप खोप दिने घोषणा गरिन्।
उनले चीनले जम्मा ५८ लाख डोज खोप उपलब्ध गराउन लागेको समेत बताइन्। उनले यसरी संख्या बताउनुमा अमेरिकाले सबैभन्दा बढी खोप दियो भन्ने समाचारको प्रतिकार गर्नु भएको बताइएको छ।
चीनले निशुल्क नै त्यति खोप दिन लागेको हो कि होइन भन्ने कुरामा भने राजदूत यान्छीले केही खुलाएकी छैनन्। उनले ५८ लाख खोप उपलब्ध गराउने कुराको मात्र जानकारी दिएकी छिन्। यसमा अनुदानको जम्मा १८ लाखमात्र छ।
जोन्सन एण्ड जोन्सनको अमेरिकी खोप सोमबार नेपाल पुगेको थियो। सो खोपलाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजानिक गर्दै नेपाललाई हालसम्मकै सबैले भन्दा बढी खोप अमेरिकाले उपलब्ध गराएको र सो खोप उपहारस्वरुप भएको बताएका थिए।
त्यसअघि उनले सो खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नै हस्तान्तरण पनि गरेका थिए। उनले जीवन रक्षासँग जोडिएको विषय भन्दै अमेरिकाले राजनीतिक लाभका लागि खोपको व्यापार नगर्ने समेत बताएका छन्।
सोही दिन अर्थात् सोमबार नै पत्रकार सम्मेलन गरेर चीनकी राजदूत यान्छीले चीनले नेपाललाई अझै खोप उपलब्ध गराउने बचन पनि भर्चुअल पत्रकार सम्मेलनमार्फत दिएकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment