जापानले नेपाललाई १६ लाख डोज खोप दिने, अगस्ट अन्तिमसम्म ल्याइने
काठमाडौं। जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप प्रदान गर्ने भएको छ। जापानले कोभ्याक्स संयन्त्रमार्फत उक्त मात्राको खोप नेपाललाई दिने भएको काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ। मध्य जुलाईदेखि अगस्ट अन्त्यसम्म खोप नेपाल ल्याइने जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जापानबाट अस्ट्राजेनेका खोप आएमा कोभिसिल्ड खोपको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउनेछन्। सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड लगाएका नागरिकलाई लगाउन अस्ट्राजेनेका खोप लगाउन मिल्ने विज्ञहरुले बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment