एनआरएनए/एनसीसी म्यानमारको अध्यक्षमा नौलखा चयन

डिसी नेपाल
३० असार २०७८ ८:४४

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा निर्विरोध चयन भएका छन् । हालै सम्पन्न अधिवेशनले आगामी कार्यकालको लागि नौलखाको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन गरेको हो ।

अधिवेशनले सागर घिमिरेलाई आइसीसी सदस्यमा चयन गरेको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा सुशिल मोर, द्वितीय उपाध्यमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा मोतिलाल रिजाल चयन भएका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा लक्ष्मण पौडेल चयन भएका छन् । त्यसैगरी नयाँ कार्यसमितिको सदस्यहरुमा बजरंगीलाल चौधरी, शंकर पराजुली, बालकृष्ण गौतम, गोकुल रिजाल र गोविन सुवेदी चयन भएका छन् ।

अधिवेशनले डा.बिना सापकोटाको संयोजकत्वमा महिला विभाग समेत गठन गरेको छ । उक्त विभागको महासचिवमा तारा रिजाल र सचिवमा डा.सोनिया पोख्रेल चयन भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *