बालुवाटार जग्गा प्रकरणः गच्छदारसँग १० लाख रुपैयाँ धरौटीमा माग
काठमाडौं। बालुवाटारको सरकारी जग्गा निजी बनाएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा काँग्रेस उपसभापति विजयकुमार गच्छदारसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ। अदालतलाई १० लाख रुपैयाँ धरौटी बुझाएपछि उनी आजै रिहा हुने भएका छन्।
पूर्वउपप्रधानमन्त्री गच्छदार बुधबार विशेष अदालत काठमाडौंमा उपस्थित भएपछि थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा गच्छदारलाई रिहा गर्न आदेश दिएको हो।
न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले गच्छदारलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
गच्छदार भौतिक योजना मन्त्री रहेका बेला बालुवाटारको सरकारी जग्गा निजी बनाइएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले सो प्रकरणमा तीजना तत्कालिन मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेका थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment