चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने
काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनले नेपाललाई कोरोनाविरुद्धको थप १६ लाख डोज खोप अनुदान सहयोग दिने भएको छ। यसअघि पनि चीनले नेपाललाई दुई पटक गरेर १८ लाख डोज खोप सहयोग गरिसकेको छ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिन शुक्रबार काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्की प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्। सोही अवसरमा चीनले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो भेटमा राजदूत यान्कीले चीनले नेपाललाई सँधै सहयोग गरिरहेको र आगामी दिन पनि सहयोग जारी रहने बचन दिएकी छन्।
नेपालले चीनसँग ४० लाख डोज खोप खरिद सम्झौतासमेत गरिसेको छ। सो सम्झौता अनुसार १० लाख डोज नेपाल आइसकेको छ। थप खोप आउनेक्रम जारी छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment